इङ्लिस प्रिमियर लिग : सिटीको जित, युनाइटेडको हार
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले २४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औँ स्थानमा रहेको छ ।
यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए ।
फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औँ मिनेटमा अग्रता दिलाएका थिए । ८९ औँ मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए । तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २–१ को जित पक्का गराए । फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौँ स्थानमा छ ।
यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–० गोल अन्तरले स्तब्ध बनाएको छ ।
एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण