बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : सिटीको जित, युनाइटेडको हार

आइतबार, १३ फागुन २०८०, ०८ : ००
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

सिटीको जितमा फिल फोडेनले २४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औँ स्थानमा रहेको छ ।

यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । 

फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औँ मिनेटमा अग्रता दिलाएका थिए । ८९ औँ मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए । तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २–१ को जित पक्का गराए ।  फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौँ स्थानमा छ ।

यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–० गोल अन्तरले स्तब्ध बनाएको छ ।

एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप