नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ५ ओभरमा १९ रन
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई १९ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेख १२ र कुशल भुर्तेल पाँच रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.८० रहेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी शृंखलामा यसअघि नेपालले एकपटक नेदरल्यान्ड्सलाई हराइसकेको छ । जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् ।
नामिबियाले भने आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण