मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुने

आइतबार, १३ फागुन २०८०, ११ : ५२
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।

देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडाैँ आएका हुन् । उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप