मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो
काठमाडौँ । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।
गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।
मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि गृह मन्त्रालयमा पटक पटक छलफल भएको थियो । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन गर्नुका साथै अधिकार सम्पन्न आयोग गठन समेत गठन गरिएको थियो । उक्त आयोगको कार्यकाल सकिएपछि उजुरी फर्छ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बिचमा छलफल तथा मेलमिलाप समेत गराइएको थियो । सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारीले उक्त कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
उक्त व्यवस्थाकाबिच संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण