मिटर ब्याज पीडितहरूको आन्दोलन र वार्ता रोकियो
काठमाडौँ । सरकारले भृकुटीमण्डपमा बस्दै आएका मिटर ब्याज पीडितहरूलाई हटाउन खोजेपछि वासस्थानको अन्योलमा परेका छन् । समाज कल्याण परिषद्ले कार्यक्रमको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई ठाउँ खाली गर्न भनेको थियो । जसले गर्दा उनीहरूलाई वासस्थानको समस्या परेको हो ।
भृकुटीमण्डप खाली गर्न भनेपछि आजका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् । गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आज बिहान वार्ताका लागि बोलाएको थियो । तर, बस्ने ठाउँको ठेगाना नभएपछि त्यसकै व्यवस्थापनमा व्यस्त भइरहेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्गराज जैशीले बताए ।
आजका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । सरकारसँगको वार्तासँगै आन्दोलनका कार्यक्रम समेत रोकिएको बताए । आज बिहान प्रशासनले भृकुटीमण्डप खाली गर्न भनेको थियो । बसेको ठाउँ खाली गर्न भनेपछि आजका सबै कार्यक्रम स्थगित भएको उनको भनाइ छ ।
अहिले बस्ने ठाउँको विकल्पबारे छलफल भइरहेको छ । स्थानीय प्रशासनले नै अर्को ठाउँको व्यवस्था गरिदिने प्रवक्ता जैशीले बताए । मिटर ब्याजविरुद्ध पीडितहरू पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट हिँडेर नै काठमाडौँ आएका थिए । उनीहरूले पूर्व पश्चिम मार्च पास अभियान सञ्चालन गर्दै काठमाडौँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण