बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला आवश्यकः एन्फा अध्यक्ष

सोमबार, १४ फागुन २०८०, १७ : २४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन् । 

सोमवारको एन्फा साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताएका हुन् । 

उनले काठमाडौंमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने बताए । उनले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताए । उनले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताए । 
 अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने नेम्वाङको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप