नेपालमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला आवश्यकः एन्फा अध्यक्ष
सोमबार, १४ फागुन २०८०, १७ : २४
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन् ।
सोमवारको एन्फा साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताएका हुन् ।
उनले काठमाडौंमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने बताए । उनले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताए । उनले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने नेम्वाङको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण