टोलीमा नपरेपछि वाग्नरले लिए सन्न्यास
काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली बलर निल वाग्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । न्युजिल्यान्डका चयनकर्ताले बिहीबारदेखि सुरु हुने अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा वाग्नरलाई समावेश नगर्ने बताएपछि उनले तत्कालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
३८औँ वर्ष प्रवेशको तयारीमा रहेका बायाँहाते बलर वाग्नरले न्युजिल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । वाग्नरले देशका लागि हालसम्म ६४ वटा टेस्ट खेलेका छन् ।
टेस्ट क्रिकेटको एक सय २२ पालीमा उनले २७.५७ को औसतले दुई सय ६० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३९ रन दिएर सात विकेट हो । टेस्ट क्रिकेटको ८४ पालीमा उनले कुल आठ सय ७५ रन पनि बनाएका छन् ।
उनले सन् २०१२ को जुनमा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले अन्तिम टेस्ट भने सन् २०२४ को फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने समय आएजस्तो लाग्यो । मैले आफ्नो मनको कुरा सुनेर यस्तो निर्णय लिएको हुँ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण