लेनोभोले ल्यायो आरपार देखिने डिस्प्ले भएको ल्यापटप
काठमाडौँ । चिनियाँ ल्यापटप निर्माता कम्पनी लेनोभोल आरपार देखिने डिस्प्ले भएको ल्यापटप ल्याएको छ । यो ल्यापटप विश्वकै पहिलो पारदर्शी ल्यापटप भएको दाबी गरिएको छ । कम्पनीले मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा यो ल्यापटप सार्वजनिक गरेको थियो ।
ल्यापटपको किबोर्ड पनि पारदर्शी नै छ । ल्यापटपमा १७ दशमलव ३ इन्चको बोर्डरलेस स्क्रिन छ । यसमा पिक्सेललाई ब्ल्याक कलरमा सेट गर्दा ५५ प्रतिशतसम्म पारदर्शी हुनेछ । पिक्सेल बढ्दै जाँदा डिस्प्लेको पारदर्शीता घट्छ । द भर्जका अनुसार कन्सेप्ट ल्यापटपमा १ हजार निट्सको पीक ब्राइटनेस र ७२० पिक्सेल डिस्प्ले छ ।यो ल्यापटपमा एमोलेड प्यानल छैन । यसको ठाउँमा माइक्रो एलईडी डिस्प्ले छ ।
यो ल्यापटपमा राखिएको हार्डवेयरबारे लेनोभोले कुनै जानकारी दिएको छैन । तर यो ल्यापटप विन्डोज ११ अपरेटिङ सिष्टममा चल्ने अनुमान गरिएको छ । ल्यापटप हिले नै बजारमा आइसकेको छैन । कहिलेदेखि यसको व्यावसायिक उत्पादन हुन्छ भन्नेबारे कम्पनीले केहीपनि बताएको छैन । तर पाँच वर्षमा बजारमा आउन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण