बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने ३ पसललाई २ लाख २० हजार जरिवाना

बुधबार, १६ फागुन २०८०, १२ : ५८
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । उपभोक्ता ठग्ने तीन वटा व्यापारिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको पाइएपछि कारबाही गरिएको हो ।

विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार १७ वटा पसलमा अनुगमन गर्दा कारबाही गर्नुपर्ने तीन वटा भेटिएका थिए । ती पसललेले बिलबिजक नराखेको पाइएको थियो । यस क्रममा बानेश्वरको सिलाई सम्बन्धी पसललाई १० हजार जरिवाना तिराइएको छ ।

यसबाहेक, कलङ्कीको एक पसललाई समेत १० हजार तिराइएको विभागले जनाएको छ । यो पसलले समेत बिलबिजक नराखेको पाइएको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए । यसैगरी, चन्द्रागिरीको एक पसललाई समेत २ लाख जरिवाना तिराइएको विभागले जनाएको छ ।

यो पसलले समेत खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । विभागले हिजो मंगलबार उपत्यकाका १७ वटा पसलमा अनुगमन गरेको थियो । आर्थिक कारबाही गरिएकामध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप