उपभोक्ता ठग्ने ३ पसललाई २ लाख २० हजार जरिवाना
काठमाडौँ । उपभोक्ता ठग्ने तीन वटा व्यापारिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको पाइएपछि कारबाही गरिएको हो ।
विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार १७ वटा पसलमा अनुगमन गर्दा कारबाही गर्नुपर्ने तीन वटा भेटिएका थिए । ती पसललेले बिलबिजक नराखेको पाइएको थियो । यस क्रममा बानेश्वरको सिलाई सम्बन्धी पसललाई १० हजार जरिवाना तिराइएको छ ।
यसबाहेक, कलङ्कीको एक पसललाई समेत १० हजार तिराइएको विभागले जनाएको छ । यो पसलले समेत बिलबिजक नराखेको पाइएको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए । यसैगरी, चन्द्रागिरीको एक पसललाई समेत २ लाख जरिवाना तिराइएको विभागले जनाएको छ ।
यो पसलले समेत खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । विभागले हिजो मंगलबार उपत्यकाका १७ वटा पसलमा अनुगमन गरेको थियो । आर्थिक कारबाही गरिएकामध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण