लोसपाले बोलायो केन्द्रीय समिति बैठक
बुधबार, १६ फागुन २०८०, १४ : २६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेका छन् । नेता महतोले आफ्नो अभियान सञ्चालन गरिरहेका बेला लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।
ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण