शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

बुधबार, १६ फागुन २०८०, १४ : २६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेका छन् । नेता महतोले आफ्नो अभियान सञ्चालन गरिरहेका बेला लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो । 

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।

ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप