हुन्डीमा संलग्न चिनियाँ नागरिक पक्राउ
बुधबार, १६ फागुन २०८०, १९ : ५३
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चीनको संघाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झाउ जियायू रहेका छन् ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुन्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनको साथबाट प्रहरीले १२ लाख रुपैयाँ पनि बरामद गरेको छ ।
रेग्मीका अनुसार उनलाई नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण