६ अर्ब भुक्तानी माग्दै दुग्ध किसानद्वारा चक्काजाम
काठमाडौँ । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा चक्काजाम गरिएको हो ।
संघले देशभर बिहान १० बजे देखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् ।
चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले बताए ।
यस्तै, ललितपुरको चापागाउँस्थित टाहाखेल चौतारा नजिक दुई घण्टा चक्काजाम गरिएको संघका महासचिव राम प्रसाद आचार्यले बताए ।
दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् ।
जसअनुसार मंगलबार ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो । आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ ।
५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको दाबी छ ।
दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।
यस्तै, बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण