भारतीय एकाइलाई रिलायन्ससँग गाँभ्दै डिज्नी
नयाँ दिल्ली । भारतमा रहेको आफ्नो स्ट्रिमिङ व्यवसायलाई डिज्नीले भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्सको मनोरञ्जन कम्पनीसँग गाभ्ने भएको छ । कम्पनीका अनुसार भायोकम १८ सँग डिज्नीको समस्याग्रस्त स्टार इन्डियालाई गाभिनेछ । यो सम्झौताको आकार साढे ८ अर्ब डलर हाराहारीको हुने बताइएको छ । दुई कम्पनी गाभिएर बन्ने व्यवसायको नेतृत्व भने रिलायन्सले लिनेछ ।
यो कम्पनी भारतको सबैभन्दा ठुलो मिडिया कम्पनी हुनेछ । नयाँ कम्पनीको वृद्धिका लागि रियालन्सले अर्को १ अर्ब ४० करोड डलर लगानी गर्नेछ । यस सम्झौतालाई अम्बानीले भारतीय मनोरञ्जन उद्योगका लागि नयाँ युगको शंखनाद भनेका छन् । यो सम्झौतालाई नियामकहरूले पनि मञ्जुरी दिनु पर्नेछ । सम्झौता यो वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुमा सम्पन्न हुने आशा गरिएको छ ।
मर्जरपछि बन्ने मिडिया कम्पनीसँग १२० ओटा च्यानल र देशभरमा झन्डै ७५ करोड ग्राहक हुनेछन् । यो सम्झौताले सन् २०१९ मा डिज्नीले स्टार इन्डियालाई किन्दा तिरेको मूल्यको एक तिहाइभन्दा कम मूल्य दिएको छ । ज्वाइन्ट भेञ्चरमा डिज्नीको ३७ प्रतिशत हिस्सा रहनेछ । यसमा भायोकम १८ को ४७ प्रतिशत र रिलायन्सको १६ प्रतिशत हिस्सा हुने बताइएको छ । यो नयाँ कम्पनीमा मुकेश अम्बानीको पत्नी निता अम्बानी अध्यक्ष रहनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई आमनेसामने वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण