आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्ने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा लिए पनि त्यस्तो हुन नसकेको बताए ।
कोभिडपछि र रूस–युक्रेन युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले अहिले नयाँ व्यवसाय सुरु गर्न कन्फिडेन्स व्यवसायीमा नभएको बताए । स्वेदेशी लगानीकर्ता नै लगानी गर्न हतोत्साहित भएको बेला कसरी विदेशी लगानी भित्राउन सकिन्छ ? भन्दै उनले सरकारसँग प्रश्न गरे ।
'निजी क्षेत्रलाई हेर्ने नियमन गर्ने धेरै निकायहरू छन् । त्यस कारण अख्तियारले पनि निजी क्षेत्रलाई हेर्ने कानुनी व्यवस्था गर्न हुँदैन भनेर हामीले भन्दै आएका छौँ । अहिले भएकै निकायलाई बलियो बनाएर नियमन गर्नुपर्छ । अन्यथा लगानी ब्रेक लाग्न सक्छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण