कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्याई मानव बेचबिखन
काठमाडौँ । कुवेत पठाइदिने भन्दै श्रीलङ्का पुर्याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभन देखाई भिजिट भिसामा श्रीलङ्काको कोलम्बो पुर्याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात् फरार रहेका मियालाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रुपैयाँ तलबमा घरेलु काममा लगाइदिने प्रलोभन देखाई भारतको नयाँ दिल्ली पुर्याई त्यहाँबाट भिजिट भिसामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।
मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण