खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा
काठमाडौँ । खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिमा लेख हस्तान्तरण गरे ।
विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् । प्रत्येकको ७ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । बिमाको अवधि १ सय ६३ दिन रहेको छ । उपचार गर्नु पर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउने छन् ।
नेपाल बिमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी ३ समूहमा वर्गीकरण गरी २०८० साल मंसिर १३ गते खेलकुद बिमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बिमा लेख कार्यान्वयन गर्ने महत्त्वपूर्ण घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण