काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा युवक पक्राउ
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् ।
अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले रातोपाटीलाई बताए । जिल्ला अदालत काठमाडौँको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् । प्रहरीसँग उनले भनेका छन्,‘तिन–चारवटा हेलमेट चोरेको हुँ, १ हजार देखी १५ सयमा बेच्ने गरेको छु ।’
अदालतको गेटबाट विगत चार–पाँच महिनादेखि दैनिक हेलमेट चोरी हुने गरेको सूचना अधिकारी पन्थीले बताए । चोरीमा संलग्न आरोपी पक्राउ गर्ने प्रहरीलाई जिल्ला अदालतले सम्मान गरेको छ । आरोपी थापा मगरलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण