लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आज विशेष सम्बोधन गर्ने
बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । यो भेटपछि प्रचण्डले राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण