सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आज विशेष सम्बोधन गर्ने

शनिबार, १९ फागुन २०८०, १० : १५
शनिबार, १९ फागुन २०८०

बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री  प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टर  मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेटवार्ता गर्ने  कार्यक्रम रहेको बताइएको छ । यो भेटपछि प्रचण्डले राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप