मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि सशस्त्र प्रहरीको एपिएफलाई
किमाथाङ्का । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अङ्कले जितेको हो ।
उपाधि विजेता एपिएफले नगद रु तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद रु एक लाख ५० हजार, प्रमाणपत्र र ट्रफी हात पारेको छ । त्यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।
पुलिसले आर्मीलाई ३–१ सेट अङ्कले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद रु नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबले सान्तवना पुरस्कार रु ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकारले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । उनले प्रदेश सरकारले सम्पूर्ण खेलमा विकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घ सङ्खुवासभाको संयोजनमा प्रतियोगिता फागुन १५ देखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको भलिबल सङ्घका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रवि केशीले हात पारेका छन् । त्यस्तै उत्कृष्ट सटर एपिएफका लोकेन्द्र गिरी, उत्कृष्ट सरभर एपिएफका विश्वास अधिकारी, उत्कृष्ट ब्लकर गण्डकीका सरोज बर्देवा, उत्कृष्ट लिबेरो एपिएफका विनोद चन्द र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजङ्ग मल्ललाई पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टिमको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण