इङ्ग्लिस प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुल विजयी
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो ।
लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो । लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए । जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ । नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औँ स्थानमा छ ।
यसैगरी प्रिमियम लिगमा चेल्सी र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उता, वेस्टह्यामले भने एभर्टनमाथि ३–१ गोलको जित पक्का गरेको छ । त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३–० कै नतिजामा स्तब्ध बनायो ।
टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३–२ गोल अन्तरले जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण