विराजको '१२ गाउँ'मा 'साहो' भिलेन कनिजको इन्ट्री
काठमाडौँ । एक्सन सुपरस्टार विराज भट्टले बनाउ लागेको फिल्म '१२ गाउँ'को खलनायकमा कनिज कोइरालाई अनुबन्धित भएका छ । कनिज 'इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९' सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडल समेत हुन्। कनिजले प्रभासको 'साहो'का अलवा केही फिल्ममा काम गरेका छन् ।यसको अलवा उनले अभिनेता विराजसँग भोजपुरी फिल्म 'वध'मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका छन्।
यसैसाता फिल्को नायिकामा मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्कालाई अनुबन्धित भएकी थिइन् । चैतको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा विराज भट्टले मुख्य अभिनेतासँगै निर्देशनसमेत गर्नेछन्।
भोजपुरी फिल्ममा बेग्लै स्थान बनाइसकेका विराजले यही फिल्ममा र छोरा समीर भट्टलाई डेब्यू गराउँदैछन्। केही समय अगाडि विराजले छोराको तस्बिर सार्वजनिक गरेपछि अन्य धेरै नेपाली निर्माता उनको छोरालाई फिल्म खेलाउन लालायित भएको बताइन्छ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराज आफैँले निर्देशन गर्नेछन् । सन् २०२४ मा रिलिज हुने बताएको फिल्म विराजको होमप्रोडक्सन विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण