पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित
आइतबार, २० फागुन २०८०, १५ : ३८
इस्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।
उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् । पाकिस्तानको उनी २४ औँ प्रधानमन्त्री हुन् ।
आइतबार ३३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे । अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।
पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धनका आधारमा सरकार गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण