शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीले मधेस सरकारलाई असहयोग गरिरहेको मुख्यमन्त्रीको गुनासो

आइतबार, २० फागुन २०८०, १६ : ००
आइतबार, २० फागुन २०८०

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीले प्रदेश सरकारलाई असहयोग गरिरहेको गुनासो गरेका छन् । 

प्रहरी प्रधान कार्यालयले जनकपुरमा आयोजना गरेको सडक सुरक्षा सम्बन्धी प्रस्तुति कार्यक्रममा मुख्यमन्त्री यादवले  यस्तो गुनासो गरेका हुन् । 

उनका अनुसार प्रदेशको शान्ति सुरक्षा स्थापनाको सवालमा नेपाल प्रहरीले प्रदेश सरकारसँग समन्वय नगरी काम गरिरहेको छ । ‘त्यो भनेको हामीलाई नेपाल प्रहरीले असहयोग गरिरहेको छ,’ उनले भने ।

प्रदेशको शान्ति सुरक्षाको विषयमा प्रदेश सरकार गम्भीर भए पनि नेपाल प्रहरीको असहयोगकै कारण सोचे जस्तो उपलब्धि प्राप्त नभइरहेको मुख्यमन्त्री यादवको तर्क छ  । 

उनले भने,‘प्रदेशमा सडक दुर्घटनाको ग्राफ ठिक छैन, त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तत्पर छ । त्यस कारण सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न आग्रह छ ।’ 

मुख्यमन्त्री यादवले प्रत्येक जिल्लामा यातायात कार्यालय नहुँदा सेवाग्राहीलाई भइरहेको समस्यालाई मध्यनजर गर्दै हरेक जिल्लामा यातायात कार्यालयको स्थापना गरेको बताए । 

यो सब ट्राफिक समस्या तथा सडक सुरक्षालाई नै मध्यनजर गरेर आफूले योजनाबद्ध हिसाबले काम गरिरहेको उनको भनाइ छ । 

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, अर्थमन्त्री सञ्जय यादव, स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी यज्ञबिनोद पोखरेल सहितको सहभागिता थियो 

यही अवसरमा विश्व स्वास्थ्य संगठनले ३० थान ब्रेथलाइजर प्रदेश ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप