दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जना पक्राउ
काठमाडौँ । दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङलाई दोहोरो नागरिकता सम्बन्धी कसरमा प्रहरीले पक्राउ गरेको छ । गुरुङले काभ्रे र काठमाडौँ जिल्ला प्रशासनबाट दोहोरो नागरिकता र राहदानी लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गुरुङले दोहोरो नागरिकता र राहदानीसहित हङकङ आइडी समेत लिएका थिए । गुरुङले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता प्रमाण पत्र नम्बर ३०–०१–७४–१०९७७ को नागरिकता र सोही नागरिकताको आधारमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–१४ स्थायी ठेगाना भएको राहदानी लिएका सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै गुरुङले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता प्रमाणपत्र नम्बर २७१०६०÷१२०२०५ को नागरिकता र सोही नागरिकताको आधारमा काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएको राहदानी लिएको फेला परेको थियो । गुरुङले चितवन भरतपुर उपमहानगरपालिका–९ जन्म स्थान राखेर नागरिकता बनाएको सूचना अधिकारी श्रेष्ठले बताए । गुरुङलाई दोहोरो नागरिकता लिएको आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले आवश्यक अनुसन्धानको लागि प्रहरी समक्ष पठाएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माका अनुसार गुरुङले पहिले काठमाडौँ र पछि काभ्रेबाट नागरिकता र राहदानी लिएको पत्ता लागेको हो । दोहोरो नागरिकता र राहदानी भएकाले गुरुङ शनिबार काभ्रेबाट लिएको नागरिकता र राहदानी रद्द गर्नका लागि प्रशासनको सम्पर्कमा आएको उनले बताइन् । सहयोगीका साथमा आएका गुरुङलाई नागरिकता र राहदानी रद्द गर्न निवेदन माग भएबमोजिम आइतबार निवेदन प्राप्त भएको उनको भनाई छ ।
सो निवेदनमाथि अध्ययनका क्रममा थप विवरण फला परेको र उनको हङकङ आइडिसमेत रहेको फेला परेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । अन्य विषयहरू अध्ययन गर्नुपर्ने भएकाले गुरुङलाई प्रहरी समक्ष बुझाएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । उनी लामो समय हङकङ बस्ने र व्यापार व्यवसायहरु पनि रहेकाले थप अनुसन्धान आवश्यक भएकाले पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण