सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक

आइतबार, २० फागुन २०८०, २० : २३
आइतबार, २० फागुन २०८०

काठमाडौँ । सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपटका बिच सोमबार बिहान ८ बजे बैठक बस्न लागेकाे हाे । 

गठबन्धनमा आएको खटपटका बिच बस्न लागेको  बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप