गुगलले भारतमा हटाएका एपलाई फेरि राख्यो एप स्टोरमा
सोमबार, २१ फागुन २०८०, १५ : २१

नयाँ दिल्ली । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले भारतमा एप स्टोरबाट हटाएका एपहरूलाई पुनः एप स्टोरमा राखेको छ । आइटी मन्त्री अश्विनी वैष्णव र डिलिष्टमा परेका स्टार्टअप कम्पनीका प्रतिनिधिहरूसँगको बैठकअघि सोमबार १० ओटै एपहरूलाई एप स्टोरमा राखिएको हो ।
प्ले स्टोरको बिलिङसम्बन्धी नियमहरू नमानेको भन्दै कम्पनीले एपहरूलाई हटाएको थियो । एपहरूले गुगलको बिलिङ नीतिहरू पालना गरेपछि एप स्टोरमा फर्काइएको यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै ईटीको अनलाइन संस्करणमा समाचार छापिएको छ ।
सप्ताहान्तमा गुगलले टुली म्याडली, अडियो स्ट्रिमिङ एप कुकु एफएम र भिडियो स्ट्रिमिङ प्लेटफर्म अल्ट समेतका एपहरूलाई हटाएपछि भारत सरकार गुगलसँग चिढिएको थियो । मन्त्री वैष्णवले कुनै एउटा कम्पनीलाई भारतीय स्टार्ट अप कम्पनीको भविष्य तय गर्न नदिइने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण