गुगलले भारतमा हटाएका एपलाई फेरि राख्यो एप स्टोरमा
सोमबार, २१ फागुन २०८०, १५ : २१
नयाँ दिल्ली । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले भारतमा एप स्टोरबाट हटाएका एपहरूलाई पुनः एप स्टोरमा राखेको छ । आइटी मन्त्री अश्विनी वैष्णव र डिलिष्टमा परेका स्टार्टअप कम्पनीका प्रतिनिधिहरूसँगको बैठकअघि सोमबार १० ओटै एपहरूलाई एप स्टोरमा राखिएको हो ।
प्ले स्टोरको बिलिङसम्बन्धी नियमहरू नमानेको भन्दै कम्पनीले एपहरूलाई हटाएको थियो । एपहरूले गुगलको बिलिङ नीतिहरू पालना गरेपछि एप स्टोरमा फर्काइएको यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै ईटीको अनलाइन संस्करणमा समाचार छापिएको छ ।
सप्ताहान्तमा गुगलले टुली म्याडली, अडियो स्ट्रिमिङ एप कुकु एफएम र भिडियो स्ट्रिमिङ प्लेटफर्म अल्ट समेतका एपहरूलाई हटाएपछि भारत सरकार गुगलसँग चिढिएको थियो । मन्त्री वैष्णवले कुनै एउटा कम्पनीलाई भारतीय स्टार्ट अप कम्पनीको भविष्य तय गर्न नदिइने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण