एकीकृत समाजवादीले भन्यो– प्रचण्डको निर्णय अप्रत्यासित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ । कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।
बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बैठकले ठहर गरेको बताए । ‘प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित हो’, खतिवडाले भने, ‘प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण तय गर्छ ।’
एकीकृत समाजवादीले अप्रत्यासित घटना घटेकाले धेरै विषयहरु सार्वजनिक हुन बाँकी रहेको भन्दै नयाँ मन्त्री आएपछि पुराना मन्त्री स्वत विदा हुने बताएको छ । साथै सो पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण