माओवादीबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार को हो ?
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार ६ वर्ष कार्यकाल भएकाबाट बनाउन सुझाव आएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूबिच राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति भएको थियो । यस विषयमा पार्टीभित्र छलफल गरी निर्णयमा पुग्ने उनले बताए ।
‘सामान्यतया ६ वर्षेबाट बनाउँदा राम्रो हुन्छ भन्ने छ । ६ वा ४ वर्षभन्दा पनि लिडरशिप कसरी प्रस्तुत गर्ने भन्ने छ । त्यसका आधारमा उम्मेदवार छनोट गर्नेछौं’, राष्ट्रियसभा अध्यक्षका उम्मेदवारबारे सोधिएको प्रश्नमा उनले भने । आगामी ६ वर्षका लागि श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कुप्रसाद सुवेदी, विष्णुबहादुर विक र रेणु चन्द निर्वाचित भएकी छिन् । नयाँ निर्वाचित सदस्यबाट उम्मेदवार बनाएमा झक्कु बन्ने सम्भावना देखिन्छ ।
तर अध्यक्षमा नारायण दाहालले दाबी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । उनको कार्यकाल २०८४ मा सकिँदैछ । यदि २०७८ को ब्याचबाट उम्मेदवार बनाएमा वर्तमान उपाध्यक्ष उर्मिला आउने सम्भावना रहेको छ ।
चारदलीय सहमतिमा उपाध्यक्षमा माओवादीले दाबी छाडेकाले अर्याललाई पद छाड्नुपर्ने बाध्यता छ । २०८४ मा कार्यकाल पुरा हुनेमा उर्मिला, नारायणसहित, जगतबहादुर पार्की, नरबहादुर विष्ट, भुवनबहादुर सुनार, सुरेश आलेमगर रहेका छन् ।
यस्तै २०७६ मा निर्वाचन जितेका सबैभन्दा हाइ प्रोफाइलका नारायणकाजी श्रेष्ठ रहेका छन् । श्रेष्ठबाहेक त्यतिबेला निर्वाचित हुनेमा गंगा बेल्वासे, जगप्रसाद शर्मा, गोपी अछामी, राधेश्याम पासवान, मायाप्रसाद शर्मा र तारामान स्वार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण