एक्समा तलब विवाद, पूर्व कार्यकारीहरूले हाले मस्कविरुद्ध मुद्दा
क्यालिफोर्निया । माइक्रो ब्लगिङ वेबसाइट एक्सका पूर्व सीईओ पराग अग्रवालसमेत कम्पनीका कयौँ पूर्व शीर्ष अधिकारीहरूले कम्पनीका मालिक एलन मस्कविरुद्ध मुद्दा हालेका छन् । सञ्चार माध्यमहरूले यो दाबीसहित समाचार छापेका छन् ।
जागिरबाट बर्खास्त गरेपछि क्षतिपूर्ति स्वरूप दिनु पर्ने तलबको विषयमा मस्क र शीर्ष कार्यकारीहरूबिच विवाद चलिरहेको बताइएको छ । पराग अग्रवाल, एक्सका पूर्व सीएफओ नेड सिगेल, पूर्व प्रमुख कानुनी अधिकारी विजया गड्डे र एक्सका पूर्व जनरल काउन्सिल सेन एजेट मस्क विरुद्ध अदालतमा गएका छन् ।
१२ करोड ८० लाख डलर भुक्तानीबारे विवाद
सञ्चार माध्यममा छापिएका खबरका अनुसार पराग अग्रवालसमेत चारै जना कार्यकारीहरूले एलन मस्कमाथि १२ करोड ८० लाख डलर बराबर विच्छेदन तलब नदिएको आरोप लगाएका छन् । एलन मस्कले ट्विटर किन्ने बित्तिकै पराग अग्रवाल समेतका शीर्ष अधिकारीहरूलाई हटाएका थिए । काममा लापरबाही र दुर्व्यवहार गरेको भन्दै उनले अधिकारीहरूलाई बर्खास्त गरेका थिए । तर यी अधिकारीहरूले मस्कको आरोपको खण्डन गरेका थिए ।
मस्कविरुद्ध मुद्दा
मुद्दा अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको छ । पूर्व उच्च अधिकारीहरूलाई करार सकिनु अघि नै जागिर बाट निकालिएमा क्षतिपूर्तिको रूपमा विच्छेदन तलब दिइने कुरा करारमा उल्लेख गरिएको दाबी मुद्दाको छ । विच्छेदनको तलबको रूपमा पराग अग्रवाललाई ६ करोड डलर, सिगललाई ४ करोड ६० लाख डलर र गड्डेलाई २ करोड १० लाख डलर दिइनु पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण