बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एक्समा तलब विवाद, पूर्व कार्यकारीहरूले हाले मस्कविरुद्ध मुद्दा

मङ्गलबार, २२ फागुन २०८०, ११ : ३१
मङ्गलबार, २२ फागुन २०८०

क्यालिफोर्निया । माइक्रो ब्लगिङ वेबसाइट एक्सका पूर्व सीईओ पराग अग्रवालसमेत कम्पनीका कयौँ पूर्व शीर्ष अधिकारीहरूले कम्पनीका मालिक एलन मस्कविरुद्ध मुद्दा हालेका छन् । सञ्चार माध्यमहरूले यो दाबीसहित समाचार छापेका छन् ।

 जागिरबाट बर्खास्त गरेपछि क्षतिपूर्ति स्वरूप दिनु पर्ने तलबको विषयमा मस्क र शीर्ष कार्यकारीहरूबिच विवाद चलिरहेको बताइएको छ । पराग अग्रवाल, एक्सका पूर्व सीएफओ नेड सिगेल, पूर्व प्रमुख कानुनी अधिकारी विजया गड्डे र एक्सका पूर्व जनरल काउन्सिल सेन एजेट मस्क विरुद्ध अदालतमा गएका छन् ।

१२ करोड ८० लाख डलर भुक्तानीबारे विवाद

सञ्चार माध्यममा छापिएका खबरका अनुसार पराग अग्रवालसमेत चारै जना कार्यकारीहरूले एलन मस्कमाथि १२ करोड ८० लाख डलर बराबर विच्छेदन तलब नदिएको आरोप लगाएका छन् । एलन मस्कले ट्विटर किन्ने बित्तिकै पराग अग्रवाल समेतका शीर्ष अधिकारीहरूलाई हटाएका थिए । काममा लापरबाही र दुर्व्यवहार गरेको भन्दै उनले अधिकारीहरूलाई बर्खास्त गरेका थिए । तर यी अधिकारीहरूले मस्कको आरोपको खण्डन गरेका थिए ।

मस्कविरुद्ध मुद्दा

मुद्दा अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको छ । पूर्व उच्च अधिकारीहरूलाई करार सकिनु अघि नै जागिर बाट निकालिएमा क्षतिपूर्तिको रूपमा विच्छेदन तलब दिइने कुरा करारमा उल्लेख गरिएको दाबी मुद्दाको छ । विच्छेदनको तलबको रूपमा पराग अग्रवाललाई ६ करोड डलर, सिगललाई ४ करोड ६० लाख डलर र गड्डेलाई २ करोड १० लाख डलर दिइनु पर्ने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप