एलन मस्कले गुमाए विश्वकै धनीको उपाधि
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको शेयर मूल्य सोमबारको कारोबारमा एकै दिन ७ दशमलव २ प्रतिशतले घटेपछि मस्कको नेटवर्थ घटेको थियो । सूचकका अनुसार मस्कको नेटवर्थ अहिले १ खर्ब ९७ अर्ब ७० करोड डलर छ । सोमबार एकै दिन मस्कले १७ अर्ब ६० करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् ।
सूचीको पहिलो स्थानमा रहेका बेजोसको नेटवर्थ भने २ खर्ब डलर रहेको छ । अघिल्लो दिनको कारोबारमा बेजोसको नेटवर्थ ५० करोड डलर घटेको थियो । बेजोस सूचिको शीर्ष स्थानमा उक्लिएको यो सन् २०२१ यता पहिलो पटक हो । कुनै समय बेजोसको तुलनामा मस्कसँग १ खर्ब ४२ अर्ब डलर बढी सम्पत्ति थियो । तर एमाजन र टेस्लाको शेयर विपरित दिशामा दौडिन थालेपछि यो अन्तर साँघुरिँदै गयो ।
सन् २०२२ को अन्त्ययता एमाजनको शेयर दोब्बर भएको छ भने सन् २०२१ को उच्च बिन्दुको तुलनामा अहिले टेस्लाको शेयर मूल्य ५० प्रतिशत घटेको छ । शाङ्हाईमा रहेको कारखानाबाट टेस्लाको ढुवानी घटेर एक वर्षयताकै न्यून स्तरमा झरेको प्रारम्भिक तथ्यांकले देखाएपछि सोमबार टेस्लाको शेयर दबाबमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण