बालिका बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, २२ फागुन २०८०, १३ : ००
काठमाडौँ । प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बाट बलात्कारमा संलग्न आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर–८ स्थित फुलजोर घर भएका टेके सार्की रम्तेल छन् ।
वैशाख ७ मा आरोपीले फुलजोर खोलामा राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
बलात्कृत बालिकाले पुस १५ मा छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको फागुन १६ मा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको छ । घटनाबारे माघ १८ मा पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
आरोपीलाई फागुन १९ मा पक्राउ गरेर १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । आरोपीले अनुसन्धान अधिकृतहरूसँग बलात्कार स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण