ओली भेट्न बालकोट पुगे नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा निरन्तरता दिन आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । निवर्तमान उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ मंगलबार बिहान ओली भेट्न निजी निवास बालकोट पुगेका हुन् ।
भेटका क्रममा श्रेष्ठले गृहमन्त्रीमा आफूलाई निरन्तरता दिन आग्रह गरेको बताइएको छ । सत्ता गठबन्धनमा भागबन्डा हुँदा हुँदा गृहमन्त्री माओवादी केन्द्रलाई नै पर्नेगरी छलफल अघि बढाउन ओलीलाई आग्रह गर्दै उनले गृहमन्त्रीमा निरन्तरता चाहेको बालकोट निकट स्रोतले बताएको छ ।
तर, ओलीले भने स्पष्ट जवाफ नदिएको बताइएको छ । सो क्रममा ओलीले गृहमन्त्री रास्वपाले मागेको यथार्थ प्रस्तुत गर्दै सो पार्टीका सभापति रवि लामिछानेले मानेको खण्डमा श्रेष्ठलाई दिन आफूलाई कुनै आपत्ति नरहेको बताएका थिए ।
सत्ता गठबन्धनमा भागबन्डाको विषयमा छलफल भइरहेपनि ठोस सहमति जुटिसकेको छैन । विशेषतः गृहमन्त्रीमा माओवादीसहित रास्वपाको दाबी रहेको छ भने अर्थलगायतका महत्त्वपूर्ण मन्त्रालय पनि कसले पाउने भन्ने निश्चित भइसकेको छैन ।
सत्ता गठबन्धनमा भागबन्डा नटुंगिएकै कारण सोमबार गठबन्धनबाट तीन जना मन्त्रीले विना विभागीयको हैसियतमा शपथ लिएका थिए । आइतबार राति भएको समझदारीअनुसार कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेसहित रास्वपा र जसपासँग ८ बुँदे सहमति गरेर सत्ता सञ्चालनको निर्णय गरेको छ । नयाँ गठबन्धन सरकारको नेतृत्व प्रचण्डले नै लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण