राजनीति
सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिन कांग्रेस बैठक सुरु
मङ्गलबार, २२ फागुन २०८०, १६ : १४

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अपराह्न ४ बजेदेखि सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने रातोपाटीलाई बताए ।
आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रोफाइल सार्वजनिक
-
नरसिंहा अवतारको ट्रेलर रिलिज, तस्बिरहरू
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन
-
कचनकवल–सोलु जागरण अभियानबाट माओवादीले दिन खोजेको सन्देश के हो ?