पीटीई बुक गरिदिन्छु भन्दै इस्टग्रामबाट ठगी
काठमाडौँ । पीयरसन टेस्ट अफ इङ्लिस (पीटीई) का लागि समय बुक गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ का २२ वर्षीय तिरुपति पाण्डे, बागलुङ काठेखोला गाउँपालिका वडा नं. ८ घर भएका २० वर्षीय सुवास कँडेल र कोहलपुर नगरपालिका वडा नं. ११ घर भएका २० वर्षीय दोमन केसी (कडेल क्षेत्री) रहेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममा मनास्लु एजुकेसनल सर्भिसेस भएको अकाउन्टमार्फत पीटीई बुक गरिदिन्छु भनी अग्रिम रूपमा अनलाइन वालेटमा रकम जम्मा गर्न लगाई ठगी गरेको साइबर ब्यूरोको भनाई छ । विद्युतीय माध्यम सम्बद्ध ठगीको उजुरी उपर अनुसन्धान गर्ने क्रममा उनीहरूले सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्दै आएको पाइएको प्रहरी उपरीक्षक तथा ब्यूरोका उप-निर्देशक दीपक राज अवस्थीको भनाई छ ।
तिरुपति पाण्डे र सुवास कँडेललाई इमाडोल ललितपुरस्थित डेराकोठाबाट र दोमन केसीलाई गोठाटार काठमाडौँबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले विभिन्न मोडलका मोबाइल सेटहरू ८ थान, सिम कार्डहरू २३ थान तथा ल्यापटप २ थान समेत बरामद गरेको छ ।
तीन जनालाई विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण