माधव नेपाल भेट्न पुगे राजेन्द्र लिङ्देन
मङ्गलबार, २२ फागुन २०८०, २१ : ०४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका छन् । राप्रपा स्रोतका अनुसार मंगलबार साँझ उनी नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वरस्थित निवासमा पुगेका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेपछि उनी कोटेश्वर पुगेको बताइएको छ । नेपाल केही दिनयता सामान्य बिरामी रहेका छन् । यद्यपि बिरामीका बिच उनले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिइरहेका छन् ।
सत्ता समीकरणमा बदलाव आएसँगै नेपाल असन्तुष्ट बनेको भनिएको बेला आजै प्रचण्ड र ओलीले गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । नेपालले त्यसमा सकारात्मक जवाफ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण