बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

मङ्गलबार, २२ फागुन २०८०, २१ : १९
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । 

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप