शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप क्रिकेट टोलीको तयारीका लागि सरकारले दियो ५ करोड

बुधबार, २३ फागुन २०८०, २२ : १४
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्देशनमा सरकारले संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको हो । 
आगामी १ देखि २९ जुन २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि सो रकम प्रदान गरिएको प्रधानमन्त्री प्रचण्डका सचिवालयले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप