बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यायाधीश खतिवडा आजदेखि अनिवार्य अवकाशमा

बिहीबार, २४ फागुन २०८०, ११ : ३०
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । 

२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् । 

खतिवडाले २०८० साउन २१ गतेबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा उनले न्याय परिषद् सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए । सोही समयमा भएको जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा भने उनको आलोचना भएको थियो । आफन्त र आफू अनुकूलका कनिष्ठ व्यक्तिलाई न्यायाधीश बनाएको र विवादमा आएका जिल्ला न्यायाधीशलाई समेत उच्च अदालतमा नियुक्त गरेको भन्दै उनको आलोचना भएको थियो । 

नजिर स्थापित गर्ने महत्त्वपूर्ण फैसलाहरूमा संलग्न भएका न्यायाधीश खतिवडा निर्भीक न्यायाधीशका रूपमा चिनिँदै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णयविरुद्धको फैसलादेखि फास्ट ट्रयाकसम्बन्धी फैसलामा खतिवडाले निर्भिकता देखाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप