मन्त्री श्रेष्ठको आग्रह–भेटेर बधाई दिनेभन्दा पनि डटेर काम गर्ने मौका दिनुहोस्
काठमाडौँ । नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको जिकिर गरेकी छन् । बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउने बताउँदै उनले अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी हुन् ।
अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्ने उनको भनाई छ । ‘भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने गरि कार्यतालिका बनाउँदै छौँ। हाम्रो सचिवालय प्रशासनको कार्यसम्पादनलाई पनि सबल बनाउन तपाईँको सहयोग चाहिन्छ। औपचारिकतामा रुमल्लिएर बस्ने छुट यो देशसँग छैन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
आजबाट आफूहरूको परीक्षा सुरु भएको उनले बताएकी छन् । ‘देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ,’ उनले भनेकी छन्, ‘सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ। हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदै छौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण