गण्डकी प्रदेश
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
बिहीबार, २४ फागुन २०८०, १३ : २७
पोखरा । सरकारी जग्गा मिचेर निर्माण भएको संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पोखरा २ बेसी मार्गमा सरकारी जग्गामा व्यक्तिले संरचना बनाएपछि वडा कार्यालयको समन्वयमा डोजर लगाइएको हो ।
सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको वडाध्यक्ष दिवसमान प्रधानाङ्गले जानकारी दिए । ‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, उनले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड बुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ । सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिए पनि नहटाएपछि हामीले नै हटाएका हौँ ।’
संरचना हटाइएको ठाउँमा महानगरले सडक निर्माण गर्ने जनाएको छ । सडक निर्माणको प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण