मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

बिहीबार, २४ फागुन २०८०, १५ : ४२
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।  

बिहीबार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे । 

पूर्वप्रधानमन्त्री भट्टराईले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्न आग्रह गरे । उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।

उनले भने, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ? मेरा मित्र रविजी हिजोमात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईँहरू परीक्षाबाट उत्तीर्ण हुनुहुनेछ । नत्र जुन जोगी आएपनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु ।’

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो  पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप