आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् पशुपति मन्दिरमा नागा बाबाको उल्लास
महाशिवरात्रि पर्व

तस्बिरमा हेर्नुस् पशुपति मन्दिरमा नागा बाबाको उल्लास

बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिरमा नागा बाबाको उल्लास देखिएको छ । विभिन्न स्थानबाट आएका नागा बाबाहरूले पशुपतिमा उल्लास देखिएको हो । 

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् । शुक्रबार महाशिवरात्रि पर्वका अवसरमा लाग्ने मेलाले पशुपतिनाथ मन्दिर परिसरमा चहलपहल पनि बढेको छ ।  

साधु सन्तका साथै भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन् । शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया