महजोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास गरिन् ।
कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए । यसै गरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा