शिक्षामन्त्रीले कर्मचारीसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै उनले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् ।
‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनिन् ।
केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन् ।
अहिले संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक छलफलको क्रममा छ । समिति सभापति समेत मन्त्री बनेका छन् । सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । उनी मन्त्री बनेपछि शिक्षा समितिको सभापति पद खाली भएको छ । अब नयाँ आउने सभापतिले विधेयकलाई अझ प्राथमिकतामा राखेर अगाडि बढाउनेमा आफू विश्वस्त रहेको र सरकारले गर्नुपर्ने सहयोग गर्ने बताइन ।
समितिले शिक्षा विधेयकमा अब प्रदेश तहमा गएर सरोकारवालासँग छलफल गराउनेछ । सांसदका रूपमा काम गर्दा जसरी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राखेको थिए मन्त्री बनेपछि पनि त्यही कार्यशैली अपनाउने उनको भनाइ छ । आगामी दिनमा समेत आफ्नो कार्यशैली यस्तै तरिकाले अगाडि बढ्ने बताइन् ।
सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर समस्याको जरासम्म पुग्ने प्रयास गर्ने उनको भनाइ छ । प्रश्नको उत्तर खोज्ने र समाधान पहिल्याउने बताइन । सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण