मैत्रीपूर्ण खेलमा नेपाली सेनाको बज्रदल विजयी
जानकी । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज यहाँ आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै बज्रदल गण विजयी भएको हो ।
बज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक गोल गरेका थिए भने सोही गणका निरज खातीले एक गोल गरेका थिए । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको सत्रौँ मिनेटमा एक गोल गरेका थिए । यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा बज्रदल गणले नै विजय हासिल गरेको छ ।
बज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मख्यालय वागिश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै वज्रदल गणले जित हात पारेको हो । प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए । विभिन्न संस्थालाई सम्मान गरिएको थियो ।
मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, बज्रदल गणका गणपति प्रमुख सेनानी रवीन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण