सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित दुई जना पक्राउ

आइतबार, २७ फागुन २०८०, १८ : २४
आइतबार, २७ फागुन २०८०

पर्सा । वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका-१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् । 

प्रहरी चौकी इनरुवा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप