खैरो हेरोइनसहित दुई जना पक्राउ
आइतबार, २७ फागुन २०८०, १८ : २४
पर्सा । वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका-१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् ।
प्रहरी चौकी इनरुवा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण