नेपाल पत्रकार महासंघ जापान शाखाले मनायो १३ औँ स्थापना दिवस
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिमसहित मनाएको हो ।
जापानको चिवास्थित हातेमालो हाउसमा जापानमा क्रियाशील ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको हो ।
पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजिकरण प्राध्यापक डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गरेका थिए ।
तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशील पत्रकारले समाजको हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले समाजलाई नकारात्मक असर नपर्ने गरी समाचार संप्रेक्षण गर्न आग्रह गरे।
स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै आत्मीयता र भाइचाराका लागि औपचारिक कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष शन्त पहरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण