शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ जापान शाखाले मनायो १३ औँ स्थापना दिवस

सोमबार, २८ फागुन २०८०, १९ : ५३
सोमबार, २८ फागुन २०८०

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिमसहित मनाएको हो । 

जापानको चिवास्थित हातेमालो हाउसमा जापानमा क्रियाशील ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको हो । 

पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजिकरण प्राध्यापक डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गरेका थिए । 

तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशील पत्रकारले समाजको हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले समाजलाई नकारात्मक असर नपर्ने गरी समाचार संप्रेक्षण  गर्न आग्रह गरे। 

स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै आत्मीयता र भाइचाराका लागि औपचारिक कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष शन्त पहरीले बताए ।

jj

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप