सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले निजी क्षेत्रको सुझावलाई सकरात्मक ढंगले लिएन : अध्यक्ष ढकाल

सोमबार, २८ फागुन २०८०, २२ : ४१
सोमबार, २८ फागुन २०८०

बारा । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझावलाई सरकारले सकारात्मक ढंगले नलिएका कारण अहिलेको आर्थिक अवस्था सिर्जना भएको बताएका छन् । 

वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले दिएको सुझावलाई सरकारले निजी क्षेत्रको आफ्नो फाइदाको लागि मात्रै राखेको हो भन्ने बुझाइका कारण सुझावहरु कार्यन्वयनमा नआएको बताए ।

‘निजी क्षेत्रले दिएको सुझावका आधारमा सरकारले नीति बनाउन सकेन त्यसको फलस्वरुप आज माग र आपुर्ति कम हुनुका साथै राजस्व संकलनले लक्ष्य पुरा गर्न सकेन’ ढकालले भने, ‘निजी क्षेत्रले दिएको सुझावहरुलाई सरकार र सरकार अन्तर्गतका निकायहरुले फलो नगरेका कारणले यस्तो अवस्था आएपनि सरकारले अहिलेसम्म रियलाइज समेत गरेको छैन ।’ 

एक वर्षको अवधिमा मौद्रिक नीति, बैंक तथा बित्तिय संस्थाहरुले ब्याजदर घटाउने सम्वन्धमा र बजेटको विषयमा निजी क्षेत्रले सुझाव दिएको उनले बताए । ‘लघुवित्त, सहकारी बैंक तथा वित्तिय संस्था मार्फत सहज हिसाबले गाउँ गाउँसम्म नगद गइरहेको थियो, अहिले यो एकदमै कम भएको अवस्था छ’ ढकालले भने, ‘उद्योग वाणिज्य महासंघको सहकार्यमा अप्रिल २८ र २९ गते लगानी सम्मेलन हुँदैछ त्यसका लागि आवश्यक नियम कानुन बनाएर अगाडि बढ्नुपर्नेछ ।’ 

ढकालले ७७ जिल्लाका व्यवसायीहरुलाई समेटेर १० अर्बको पुँजी संकलन गरेर सम्भावित आयोजनाहरु, पर्यटन, जलविद्युत्तमा लगानी गर्ने  तयारी भइरहेको बताएका छन् ।  पछिल्लो समय आर्थिक क्षेत्रमा रेमिट्यान्स बढेको, पर्यटकहरुको आवागमन वृद्धि भएको र बैंकमा प्रशस्त नगद तरलता भएकोले सरकार र नेपाल राष्ट्र बैंकको तर्फबाट नीतिगत रुपमा सहज वातावरण बनाइदिए निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बन्ने ढकालको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप