आपत्तिजनक र हिंस्रक कीवर्डमा माइक्रोसफ्टले लगायो प्रतिबन्ध
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले आपत्तिजनक र हिंस्रक कीवर्डमा प्रतिबन्ध लगाएको छ । कम्पनीले आफ्नो एआई टूल कोपाइलटमा फिल्टर लगाएको हो ।
खबरका अनुसार कम्पनीले कोपाइलटमा आपत्तिजनक र हिंस्रक कीवर्ड ब्लक गरिदिएको छ । अर्थात् अब यस्तो खालको कीवर्डको साथमा प्रयोगकर्ताले तस्बिर बनाउन सक्ने छैनन् ।
जेमिनी एआईबारे विवादपछि कम्पनी एआई टुलप्रति बढी नै चनाखो भइरहेको छ । हालै कम्पनीका एक इन्जिनियरको पत्र सार्वजनिक भएपछि माइक्रोसफ्टले यस्तो कदम चालेको हो । कम्पनीका एक जना इन्जिनियरले यूएस फेडरल ट्रेड कमिशन (एफटीसी) र कम्पनीको सञ्चालक समितिलाई एआई टूलबारे चिन्ता व्यक्त गर्दै एक पत्र लेखेका थिए । सन् २०२४ को जनवरीमा गायिका टेलर स्विफ्टको एआईले बनाइएको डिपफेक फोटोहरू भाइरल भएका थिए । यी फोटो कोपाइलटबाट बनाइएको थियो ।
कम्पनीले अनलाइन सुरक्षाबारे लगातार काम गरिरहेको अनि फिल्टरको प्रयोग पनि गरिरहेको माइक्रोसफ्टको भनाई छ । कम्पनीका शेन जोन्स नाम गरेका एक इन्जिनियरले कर्मचारीहरूलाई पत्र पठाउँदै इमेज जेनरेट गर्ने एआई टूलले आपत्तिजनक तस्बिर बनाउने बताएका थिए । उनले यो पत्र एफटीसी, कानुन निर्माताहरू र कम्पनीको सञ्चालक समितिलाई समेत पठाएका थिए । पत्रमा उनले कोपाइलटमाथि अपमानजनक र हिंस्रक तस्बिर बनाएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण