राष्ट्रिय सभाको गरिमा उठाउन प्रतिबद्ध छु : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभामा नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने बताएका छन् ।
मंगलबार अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए ।
दाहालले भने, ‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा म प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि छ ।’
उनले संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाको कार्यक्षेत्रभित्र पर्ने हरेक विषय कार्यान्वयन गर्न गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण