बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभामा नयाँ नेतृत्व

राष्ट्रिय सभाको गरिमा उठाउन प्रतिबद्ध छु : अध्यक्ष दाहाल

मङ्गलबार, २९ फागुन २०८०, १२ : ००
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय सभामा नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने बताएका छन् । 

मंगलबार अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए । 

दाहालले भने, ‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा म प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि छ ।’

उनले संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाको कार्यक्षेत्रभित्र पर्ने हरेक विषय कार्यान्वयन गर्न गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप